Home  
Janahit Voice

आजको मौसम

१४ मंसिर २०८०, बिहीबार

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखा अनुसार आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। यतिबेला काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा मौसम बदली भएको छ।

आज दिउँसो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

अहिले बिहानदेखि दिउँसोसम्म देशका उल्लिखित स्थानमा हल्का वर्षा हुने सम्भावना छ’, महाशाखाका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा पनि हल्का/छिटपुट वर्षा हुने सम्भावना देखिएको छ, त्यस्तो ठूलो वर्षाको सम्भावना भने छैन।’

दिउँसो देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना भए पनि अपराह्न अर्थात् २, साढे २ बजेपछि मौसम खुल्ने सम्भावना देखिएको छ।

राति भने वर्षाको सम्भावना छैन। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको भने सम्भावना रहेको महाशाखाले जनाएको छ।

माैसमविद्का अनुसार हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव पनि परिरहेको छ। त्यसैका कारण मौसम बदली, वर्षा र हिमपातको सम्भावना देखिएको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *