Home  
Janahit Voice

घट्यो डिजेल पेट्रोलको मूल्य, खाना पकाउने ग्यासको मूल्य यथावत

१५ मंसिर २०८०, शुक्रबार

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

निगमले डिसेम्बर १ अर्थात् १५ मङ्सिरदेखि लागु हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल/मट्टीतेल लिटरमा चार रुपियाँ मूल्य घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७० रुपियाँ र डिजेल/मट्टीतेल प्रतिलिटर १६० रुपियाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *