Home  
Janahit Voice

सात महिनापछि ३० लाख धरौटीमा छुट्दै बालकृष्ण खाण

२९ मंसिर २०८०, शुक्रबार

काठमाण्डौं- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न आदेश दिएको छ।

खाणलाई बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत पाटनले जनाएको छ। काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कांग्रेस नेता बालकृष्ण खाँण लाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएको हो।

मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिँदा खाणबारे निर्णय हुन सकेको थिएन। स्रोतका अनुसार न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाणलाई धरौटीमा छाड्न आदेश दिएका हुन्।

खरेलले खाणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए। यता पाण्डेले भने ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। दुई न्यायाधीशबीच राय बाझिएकाले बिहीबार अर्को इजलासले यसबारे निर्णय गरेको हो

नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ मंसिरमा उच्च अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । टेकनाथ रिजाल भने धरौटी बुझाउन नसकेपछि थुनामै छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *