Home  
Janahit Voice

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको घट्नास्थलमै मृत्यु

२ पुष २०८०, सोमबार

बाजुरा- बाजुराको बडीमालिका नगरपालिका–२ खडीगाडमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको घट्नास्थलमै मृत्यु भएको छ ।​

मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले एकअर्कालाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकाया रहेका छन् ।

लु ४ त ७३०५ नम्बरको ट्याक्टर सडकको माथि पट्टी दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ ट्याक्टर खडीगाड खोलामा खसेको थियो ।

लु ४ त ७३०५ ट्याक्टर दुर्घटना भए पनि त्यसमा सवार मानवीय क्षति नभएको ra सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

मृतकको सनखात गरेर जिल्ला अस्पताल बाजुरामा ल्याउन लागिएको प्रहरीले बताएको छ । दुई वटै ट्याक्टरमा चार/चार सवार रहेका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *