Home  
Janahit Voice

चीनमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु

३ पुष २०८०, मंगलवार

काठमाडौं- गए राति गएको भूकम्पले उत्तर–पश्चिम चीनको ग्यान्सु प्रान्तमा सयभन्दा बढीको मृत्यु भएको छ भने दुई सय भन्दा बढी घाइते भएको चिनियाँ समाचार संस्थाले जनाएको छ।

मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जनाएका छन्। नजिकका अरू प्रान्तमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ।

भूकम्पमा परेका थप मानिसहरूको खोजी जारी रहेकोले मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अत्यधिक चिसोका कारण पनि मानिसहरूलाई थप कठिनाइ भएको समाचार संस्थाहरूले उल्लेख गरेका छन्।

भूकम्प प्रभावित ग्यान्सु प्रान्तमा सोमबार राति तापक्रम माइनस १४ डिग्रीसम्म पुगेको थियो। भूकम्प गएपछि कतिपय मानिसहरू बाक्ला ओड्नेसहित घर बाहिर निस्किएर आगो बालेर बसेका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *