Home  
Janahit Voice

जाडोमा रूघाखोकीबाट कसरी जोगिने?

३ पुष २०८०, मंगलवार

काठमाण्डौं- चिसोको मौसम सुरु भएको छ । रुघाखोकी र भाइरल संक्रमणका बिरामी बढिरहेका छन् । जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रूघाखोकी बढी लाग्छ।

रूघाखोकी मात्रै होइन, योसँगै एलर्जी पनि हुन्छ। नाकभित्र संक्रमण अर्थात् पिनास हुन्छ। नाकबाट तरल पदार्थ आउने वा नाक बन्द हुने हुन्छ।

घाँटीमा टन्सिलको समस्याले सास फेर्न गाह्रो भएजस्तो हुन्छ। कसैकसैलाई दमको समस्या पनि अलि बढी हुन्छ। शरीरले एक्कासि चिसो सहन सक्दैन जसले गर्दा जाडो समयमा रूघाखोकी अलि बढी लाग्ने गर्छ।

रूघाखोकी कस्तो खालको हो, त्यसको आधारमा उपचार गर्नुपर्छ। प्रायःजसो रूघा लागिरहन्छ भने त्यो एलर्जीले हो। धूलो, ढुसी, चिसोले अनि कसैलाई फूल, कुकुर-बिरालो रौं आदिको एलर्जीले सधैं रूघा लाग्ने हुन्छ। यसका लागि जेबाट एलर्जी भएको हो, त्यहीबाट बच्नु नै रूघाखोकीबाट जोगिने पहिलो उपाय हो।

यसको धेरै अध्ययन त भइसकेको छैन तर मौसम परिवर्तन भइरहँदा इम्युनिटी अर्थात् रोगसँग लड्ने क्षमता पनि कमजोर हुन थाल्छ । जाडोमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई अलि चाँडो आक्रमण हुन्छ। रूघाले नाकलाई मात्रै अप्ठ्यारो पारेको हुँदैन। यसले कानमा पनि समस्या पार्छ। कानको सुन्ने शक्तिमा समेत अप्ठ्यारो पार्न सक्छ। रूघाखोकी लाग्दा ज्वरो आउने, खानेकुरा निल्न गाह्रो हुने अनि ज्यान करकर दुख्ने हुन्छ।

रूघाखोकीबाट बच्न बाटोमा हिँड्दा धूलोबाट जोगिने गरी मास्क लगाउनुपर्छ। स्कुल जाँदा र अन्यत्र हिँड्दा जोगिनुपर्छ। साधारण खाले रूघाखोकी घरमै उपचार गर्न सकिन्छ। तर पहेँलो सिँगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीको समस्या हुने, कानमा पनि समस्या छ भने होसियार हुनुपर्छ। किनकी नाक, कान र घाँटीले एकआपसमा असर पारिरहेका हुन्छन्। बालबालिकाको हकमा त अझै ध्यान दिनुपर्छ।

यदि बालबालिकालाई रूघाखोकी लागेका बेलामा कानमा पनि समस्या देखियो भने चिकित्सककहाँ जानुपर्छ। रूघाखोकी लाग्दा जे पनि बार्नुपर्छ भन्ने छ, त्यो गलत हो। रूघाखोकी लाग्दा खानेकुरा बारिएन भने टाइफाइड हुन्छ भन्ने होइन। झोलिलो र तागतिलो खाना सबै खान हुन्छ। तर एकदमै चिसो, चिल्लो र पिरो खानु हुँदैन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *