Home  
Janahit Voice

रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते

५ पुष २०८०, बिहीबार

जाजरकोट- रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको कोटच्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

बुधवार राति करिब सवा दश बजे भूकम्प पीडितहरूको अस्थायी टहरा निर्माणको लागि जस्तापाता बोकेर आठबीसकोट नगरपालिका ९ राडिबाट वडा नम्वर ८ को घर्ती गाउँतर्फ जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर वडा नम्बर १० को तिरिकोट भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी आठबीसकोट १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, भईडाँडाका ५२ वर्षीय भर्दर सार्की, सार्की वाडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको शवलाई नगर अस्पतालमा ल्याइएको छ।

दुर्घटनामा घाइते हुनेहरुमा आठबीसकोट ८ का ४१ वर्षीय खडक बहादुर पुन, वडा नम्बर १० का ३८ वर्षीय रमेश सार्की , वडा नम्बर ८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ , ५१ वर्षीय जगबीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन रहेका छन्।

घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उक्त ट्याक्टरका चालक आठबीसकोट ९ का २१ वर्षीय गोपाल विक अहिले फरार रहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *