Home  
Janahit Voice

प्रधानमन्त्रीले आज दोस्रो ठूलो ४०० केभीको इनरुवा सबस्टेसन उद्घाटन गर्ने

६ पुष २०८०, शुक्रबार

काठमाण्डौं- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन तयार भएको छ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको यो सबस्टेसनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान १० बजे उदघाटन गर्दैछन् ।

ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो । भोक्राहा नरसिंह गाउँपालिका–४ मा शुक्रबार बिहान १०ः४० बजे हुने विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले इनरुवा सबस्टेसन ४००, २२०, १३२, ३३ केभी सबस्टेसनको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सहभागी हुन उर्जा जलश्रोत तथा सिँचाई मन्त्री तथा नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका अध्यक्ष शक्ति बहादुर बस्नेत, कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद ज्ञानेद्र बहादुर कार्की र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लागयत भोक्राहा नरसिंह गाउँपालिका आउँदै हुनुहुन्छ ।

आजै प्रधानमन्त्री प्रचण्डले मिक्लाजुङ मोरङमा रहेको स्थानीय योजनाहरुको अनुगमन गर्ने कार्यक्रम र मोरङ उद्योग वाणिज्य संघद्वारा आयोजित औद्योगिक महोत्सवमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *