Home  
Janahit Voice

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु, ठक्कर दिने बसमा आगजनी

९ पुष २०८०, सोमबार

काठमाण्डौं- सिन्धुलीमा मोटरसाइटल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । वीपी राजमार्गअन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका- ३ बोहोरेटारमा सोमबार बिहान बस र मोटरसाइकल ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका-२ का २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० कि १८ वर्षीया मुनाकला राई रहेका छन।

सोमबार बिहान सवा ८ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित विपी राजमार्गमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैको मृत्यु भएको हो ।

दुर्घटनापछि बसका चालक मन्थली नगरपालिका १३ रामेछापका २४ वर्षीय रुपेश अधिकारी लाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको छ भने ठक्कर दिने बसलाई स्थानीयले आगजनी गरेका छन् ।अहिले दुर्घटना स्थलमा इन्स्पेक्टर सविता के.सी. नेतृत्वको टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *