Home  
Janahit Voice

आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने

१० पुष २०८०, मंगलवार

काठमाण्डौं- आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

साँझ पाँच बजे प्रधानमन्त्री प्रचण्डले सरकार एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले बताएका छन ।

तेस्रोपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको यो पहिलोपटक हो। यसअघिका कार्यकालमा उनले ९\९ महिनामात्रै सरकारको नेतृत्व गरेका थिए।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलले समर्थन गरेका थिए। एमाले सरकारबाट बाहिरिएपछि कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलहरू सरकारमा सहभागी भएका थिए।

प्रधानमन्त्री प्रचण्डले एक वर्षमा सरकारका मन्त्री र सचिवहरूले सोचेअनुरूप काम गर्न नसकेको गुनासो गरेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *