Home  
Janahit Voice

बारामा १५ लाख बराबरको अवैध मोबाइलसहित १ जना पक्राउ

१२ पुष २०८०, बिहीबार

काठमाण्डौं- अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका १५ लाख बराबरको मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधर रहेका छन। प्रहरीले बारागढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाट विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर बरामद गरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विशेष सुराकको आधारमा चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री नौ थान र मोबाइल कभर १४ थान गरी १५ लाख रुपैयाँ मूल्य बराबरको रहेको बारा प्रहरीले जनाएको छ।

त्यस क्षेत्रमा चौधरीले सस्तोमा आफ्नै घरबाट मोबाइल बिक्रीवितरण गर्दै आएका थिए। उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाराले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *