Home  
Janahit Voice

कांग्रेस केन्द्रीय समिति बैठकमा आज ७ मन्त्रीले धारणा राख्ने

१३ पुष २०८०, शुक्रबार

काठमाडौँ- बिहीबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि सुरू हुनेछ। बैठकमा हिजो समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए । ‘समुदायमा कांग्रेस अभियान’को कार्य योजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएका थिए ।

वर्तमान सरकारमा कांग्रेसका ९ मन्त्री छन्। केन्द्रीय समिति बैठक मन्त्रीहरूको ब्रिफिङबाट कार्यसूचीमा प्रवेश गरेको थियो।

हिजो केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धारणा राखेका थिए। समयअभावका कारण अन्य मन्त्रीले धारणा राख्न पाएनन्। बाँकी रहेका ७ मन्त्रीहरूले आजको बैठकमा धारणा राख्नेछन्।

उपप्रधानमन्त्री एवम् कानुनमन्त्री धनराज गुरूङ, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपि साउद, उद्योग मन्त्री रमेश रिजाल, सहरी विकास मन्त्री सिता गुरूङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिका मन्त्री सुरेन्द्रराज आचार्यले धारणा राख्नेछन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *