Home  
Janahit Voice

एक महिनादेखि ‘होल्ड’भएको हरिबोल गजुरेलको राजीनामा स्वीकृत

१९ पुष २०८०, बिहीबार

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री प्रचण्डले २० मंसिरदेखि लागू हुने गरी प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिएका छन।

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले २० मंसिरमा प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए । गजुरेलले राजीनामा दिएको झन्डै एक महिनापछि प्रधानमन्त्री प्रचण्डले बिहीबार २० मंसिरदेखि नै लागू हुने गरी राजीनामा स्वीकृत गरेका हुन् ।

गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो । २०७९ माघ ९ मा गजुरेल प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहाकारमा नुयोक्त भएका थिए।

काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको दाबी गर्दै आएका आचार्यले आफ्नो राजीनामा स्वीकृत हुन ढिलाइ भएको भन्दै यस अघि असन्तुष्टि पोख्दै आएका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *