Home  
Janahit Voice

भक्तपुरमा औधोगीक, साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सब शुरु।

२३ चैत्र २०७९, बिहीबार

 

नयाँ बर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा आजदेखी सातौँ भक्तपुर, औधोगिक, साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव शुरु भएको छ।

औधोगिक शान्ति नेपाल सँस्था मध्यपुर भ्वाइज व्याण्डको आयोजना एवम भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघरीस्थित नेपाल ट्रस्ट जग्गामा महोत्सव आयोजना गरिएको हो।

भक्तपुर आउने आन्तरिक तथा वाह्य पर्यटकलाइ लक्षित गरि महोत्सब आयोजना गरिएको हो। महोत्सबमा खाद्यन्न, लत्ता कपडा, कृषी तथा हस्तकलाका सामाग्री, भाँडाकुडाँ, मोबाइल, सवारी साधन लगाएतका कक्ष रहेका छन। हरेक समानमा २० देखि ५० प्रतिशत सम्म छुटको व्यबस्था गरिएको छ। महोत्सबमा करिब पाँच लाख उपभोक्ताले अबलोकन गर्ने तथा १० करोड देखि ९२ करोडसम्मको कारोबार हुने आशा गरिएको छ। महोत्सबमा दुई सय कक्ष रहेका छन। घरायसी सम्पूर्ण समान सस्तो र एकैठाउँबाट सुलब मुल्यमा उपलब्ध गराउने उदेश्यले महोत्सव आयोजना गरिएको हो। एघार दिनसम्म चल्ने महोत्सवमा बिभिन्न कलाकारको साङ्गीतिक प्रस्तुति रहने वताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *