Home  
Janahit Voice

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ भएको पुष्टि

२४ पुष २०८०, मंगलवार

काठमाडौं – नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटा नमुनामा परीक्षण गर्दा जेएन.१ पुष्टि भएको जानकारी दिएको छ।

देशका विभिन्न भागबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा पीसीआरको जिनोम स्किवेन्सिङ गर्दा ७ जनामा उक्त भेरियन्ट पुष्टि भएको मन्त्रालयले बताए। उनका अनुसार ती नमूनाहरू आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।

यससँगै सरकारले संक्रमण रोकथामका लागि सीमा नाकाहरूमा कडाइ गर्न निर्देशन दिएको छ। मन्त्रालयलले प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयमार्फत् आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न र स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध गरेको छ।

पछिल्लो समय छिमेकी भारतमा पनि जेएन.१ भेरियन्ट सक्रिय हुँदा संक्रमितको संख्या बढेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *