Home  
Janahit Voice

घरपालुवा कुकुर-बिरालोलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई ५ हजार जरिवाना

२५ पुष २०८०, बुधबार

काठमाडौं- घरपालुवा जनावरलाई बाहिर शौच गराए काठमाडौं महानगरपालिकाले जरिवाना तिराउने भएको छ।

महानगरक्षेत्रभित्र कुनै पनि घरपालुवा जनावर धनी जस्तै कुकुर बिरालोलाई शौच गराउन घर बाहिरका कुनै पनि सार्वजनिक स्थानमा निकाले कारबाही गरिने कृषि तथा पशुपन्छी विभागले जनाएको छ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका कुकुर र बिरालाहरुको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको हो । जसअनुसार ५ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

बिभागका अनुसार यसरी सार्वजनिक स्थानमा शौच गराएको फेला परे महानगरले पाँच हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था छ। घर पालुवा कुकुर विरालोलाई सार्वजनिक स्थलमा शौच गराएको छ/छैन महानगर प्रहरी टोलीले नियमन गर्ने छ।

केहि समयअगाडि महानगरले क्षेत्रभित्रका कुकुर र बिरालाहरूको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको थियो। जसमा घरपालुवा कुकुर बिरालालाई दर्ता गराउनु पर्ने, तिनीहरूको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जनावरधनीले गर्नुपर्ने उल्लेख छ।

महानगरले सामुदायिक कुकुर र बिरालाहरूको बन्ध्याकरण, खोप र अभिलेखन कार्यक्रम चलाउँदाका प्रक्रिया, शुल्क, दायित्वजस्ता विधिको व्यवस्था समेत गरेको छ ।

यस्तै, महानगर क्षेत्रभित्रका मठ मन्दिर, पार्क तथा निषेधित क्षेत्रमा कुकुर र बिरालोलाई छाडा छोड्न रोक लगाइएको कुरा कार्यविधिमा उल्लेख छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *