Home  
Janahit Voice

दाङमा भएको बस दुर्घटनाका मृतक १२ जनाकै सनाखत

२९ पुष २०८०, आईतवार

काठमाण्डौं- दाङ बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाको सनाखत भएको छ। दुर्घटनामा एक महिला र ११ पुरूष गरी १२ जनाको मृत्यु भएको छ। बाँकेको नेपाल गञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति सवा १० बजेतिर राप्ती गाउँपालिकास्थित राप्ती नदी पुलबाट खसेको थियो।

दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगन्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौँडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाडौँ चन्द्रागिरी नगरपालिका–१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का–९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन, रुकुम गोतमकोट निवासी २५ वर्षीय दिपक कामी, भारत विहार निवासी ६७ वर्षीय योगेन्द्र राम, भारत उत्तर प्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुरा–३ खजुरा निवासी २५ वर्षीय. सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका–२५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम शिल्पकार र बाँके खजुरा गाउँपालिका–३ निवासी २८ वर्षीय अर्जुन थापा रहेका छन्

अहिले लमही अस्पतालमा शवको पोस्टमार्टम जारी रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ। ५ जनाको पोस्टमार्टम भएको छ। नमस्ते यातायात प्रालिको उक्त बसमा चालकसहित ३७ जना सवार थिए ।

जसमध्ये ६ महिला र १८ जना पुरुष गरी २४ जना घाइते भएका छन् । चौराहा अस्पताल बुटवलमा ८, मेडिकल कलेज कोहलपुर बाँकेमा १३ र सिटी अस्पताल बुटवलमा एक, राप्ती पोलिक्लिनिक भालुवाङमा एक, प्रस्तावित भालुवाङ अस्पतालमा एक जना बिरामीको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ९ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङलेजनाएको छ। बस चालक सल्यान त्रिवेणी गाउँपालिका–४ निवासी २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *