Home  
Janahit Voice

बर्दियाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

८ माघ २०८०, सोमबार

काठमाण्डौं- बर्दियाबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रदेश ३- ०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार प्रहरी चौकीबाट चार किलोमिटर पश्चिमको जंगल क्षेत्रमा दुर्घटना भएको हो।

दुर्घटनमा परी मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ का ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिका वडा नम्बर २ का युवराज चौधरी रहेका छन। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ।

प्रहरीकाअनुसार सडकको भित्तामा बस ठोक्किँदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो। चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ।

दुर्घटनामा चालक मधुवन नगरपालिका वडा नम्बर ४ का खुसीराम चौधरी घाइते छन्। साथै बस धनी गुलरिया नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय दीपक विक पनि घाइते छन्। उनीहरूको नेपालगञ्जमा उपचार भइरहेको छ।

बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुसल रहेको प्रहरीले बताएको छ। मृतक दुबै जनाको पोष्टमर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *