Home  
Janahit Voice

आजदेखि सुन्धारामा निःशुल्क पार्किङ

१४ माघ २०८०, आईतवार

काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि धरहराको सँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने जनाएको छ । नयाँ सडकमा सवारी पार्किङ निषेध गरेपछि सहज पार्किङस्थल उपलब्ध गराउने उद्देश्यसहित धरहरा क्षेत्रको पार्किङ उपलब्ध गराइएको महानगरको भनाइ छ ।

महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब धरहरामा पनि पार्किङको व्यवस्था गरिएपछि थप सहज हुने महानगर प्रहरीले बताएको छ । महानगर प्रहरीका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ।

सहिद गेटबाट नयाँ सडक जाँदा गएको दसैंदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो। संरचनागत रूपमा यो ठाउँ मुलुककै अहिलेसम्मको सबभन्दा ठुलो पार्किङ संरचना रहेको बताइएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *