Home  
Janahit Voice

आज देशभरका चलचित्र हल बन्द रहने

२२ माघ २०८०, सोमबार

काठमाडौँ -देशभरका चलचित्र हल आज(सोमबार) बन्द हुने भएका छन् । सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै नेपाल चलचित्र सङ्घले साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो ।

चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै सङ्घले मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरीत थप कर लगाइएको आरोपसमेत लगाएको छ ।

सङ्घले संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको
जनाउँदै मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग पनि गरेको छ । सङ्घले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको समेत जनाएको छ ।

त्यस्तै चलचित्र संघको निर्णयमा ऐक्यबद्धता जनाउँदै क्युएफएक्सले पनि आफ्नो सबै हल सोमबार बन्द रहने बताएको छ । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर देशभरका हल बन्द गर्न लागेको हो ।

क्युएफएक्सले पनि ‘मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरूको खारेजीको माग गर्दै सोमबार माघ २२ गते सम्पूर्ण हल बन्द रहने छ । साथै दर्शकमा पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौ ।’क्युएफएक्सले भनेको छ, ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *