Home  
Janahit Voice

सर्लाहीमा नापी कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना,एकको मृत्यु १० जना घाइते

२३ माघ २०८०, मंगलवार

सर्लाही- सर्लाहीको मलङ्गवा नगरपालिका ११ गम्हरियामा सोमवार साँझ भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन ।

मृत्यु हुनेमा नापी कार्यालय मलङ्गवाका कार्यालय सहयोगी ६० वर्षीय विनोद घिमिरे रहेका छन्। उनको उपचारको क्रममा वीरगञ्जमा मत्यु भएको प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पीढी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मलङ्गवाबाट जन्तीको भोज खान मानन्धरसहित भाडाको गाडी लिएर बरहथवा तर्फ जाँदै गर्दा सोमवार साँझ करिब पौने ८ बजेतिर दुर्घटना भएको हो।
घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी हुन्। गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।दुर्घटनामा नापी कार्यालयका कर्मचारी सवार गाडी क्षतिग्रस्त छ । ट्याक्टरका चालक भने फरार रहेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *