Home  
Janahit Voice

अभिनेत्री सुरक्षा पन्तको”बहाव” फिल्म शुक्रबारबाट प्रद्रर्शनमा।

२३ चैत्र २०७९, बिहीबार

पछिल्लो समय अभिनयमा राम्रो क्रेज बनाउन सफल छिन् अभिनेत्री सुरक्षा पन्त । उनले सन् २०१५ मा बनेको फिल्म ‘अझैपनि’ मार्फत् अभिनयमा डेव्यु गरेकी थिइन् ।धनपति, भैरे, रोमियो एण्ड मुना, चङ्गा चेट, गोपी, के घर के डेर र आमा गरेर अहिलेसम्म करिब दर्जन हाराहारीको फिल्म खेलिसकेकी अभिनेत्री सुरक्षाको दर्शकले धेरै रुचाएको फिल्म ‘आमा’ हो । क हलिउड फिल्ममा सानो भूमिका निर्वाह गरेको कारण विश्वको प्रतिष्ठित फिल्म फेष्टिभल कान्समा समेत पुग्न सफल उनको फिल्म ‘बहाव’ अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

एक साताको अन्तराल अर्थात् आगामी २४ गते मेरो फिल्म ‘बहाव’ र ‘बुलाकी’ रिलिज हुँदैछ । यसैको प्रचार प्रसारमा लागेकीछु उनले बतएकी छिन।
‘बहाव’ एउटा फ्यामिली ड्रामामा निर्माण भएको फिल्म हो । यो परिवारको एउटा विचार पनि हो । एक परिवारको सबै सदस्यको विचार एकअर्काेमा ठोक्किदा के गर्छ भन्ने फिल्मले देखाएको छ ।

फिल्ममा मेरो रोमान्टिक, गम्भीर र पागलपन शैलीको भूमिका छ । ‘बहाव’ फिल्ममा निर्देशक प्रमोद कँडेलको विस्तृत अध्ययन रहेको छ । धेरैले यसलाई साइक्लोलोजिकल थ्रिलर फिल्म भएको अनुमान गरेका छन् । तर यो नितान्त फ्यामिली ड्रामा हो
म जुन फिल्म अभिनय गर्छु, त्यसमा आफू देखिनु भन्दा पनि कथा देखिनुपर्छ र निर्देशकको काम देखिनुपर्छ भन्ने मेरो धारणा रहँदै आएको छ । आफू देखिने हिसावले काम गर्न मन लाग्दैन ।

महिलाको बिषयबस्तुमा केन्द्रीत भएर फिल्म धेरै नआइरहेको अबस्थामा मैले यो फिल्ममा काम गर्न पाउनु अहोभाग्य हो । त्यो कुराले पनि फिल्मको व्यवसाय राम्रो हुनुपर्छ । अबका दिनमा पनि महिलाका बिषयबस्तुका फिल्ममा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।
‘आमा’पछि मेरो एक मात्र फिल्म ‘के घर के डेरा’ आयो । मल्टिस्टारले भरिएको यो फिल्ममा गरेको अभिनय नोटिसमा पर्न निकै गाह्रो छ । किनभने फिल्ममा थुप्रै चलेका कलाकार थिए । यो फिल्मबाट मैले धेरै अपेक्षा पनि राखेको थिइन ।

एउटा कलाकारका लागि अहिलेको ‘बहाव’ जस्तो फिल्म कहिलेकाहीँ मात्र हात पर्छ । जसमा आफूले चाहेको भूमिका निर्वाह गर्न पाइन्छ । फिल्मले दर्शकमा छाप छोड्नेमा म ढुक्क छु ।
अहिलेसम्म अभिनय गरेको फिल्मको खास भूमिकामा म छैन । अहिलेसम्म अभिनयमा फराकिलो दायरा बनाउन पाएकी छैन । घरभित्रको महिलाको पात्रको रुपमा मात्र बढी अभिनय गरे । यो पात्रबाट मैले बिद्रोह गर्न खोजेको पनि हो । ‘बहाव’ले पनि त्यसमा इङ्गित गर्छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *