Home  
Janahit Voice

कोशी नामकरण विरोध आन्दोलनमा मृत्यु भएका पदम सहीद घोषणा

२४ चैत्र २०७९, शुक्रबार

प्रदेश नं. १ को नाम कोशी राखिएको बिरोधको आन्दोलनमा मृत्यु भएका पदम बहादुर लिम्बुलाइ सरकारले शहीद घोषणा गर्ने निणय गरेको छ। साथै मृतक लिम्बुका परिवारलाइ क्षतिपूर्ति उपलब्द गराउने निणय पनि मन्त्रिपरिषद बैठकले गरेको बताइएको छ। आन्दोलनमा कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने भन्दै यहि चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यलय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बुको उपचारको क्रम मा मृत्यु भएको थियो ।

धरान उपनगरपालिका १५ बस्दै आएका पदम लिम्बुवान भोलेन्टियर्सका केन्द्रिय सहकमाण्डर हुन। लिम्बुको धरान स्थित बिपीकोइराला स्वास्थ विज्ञान प्रतिस्ठानमा उपचारको क्रममा चैत १० गते मृत्यु भएको थियो। सरकारले घटनाको छानबिन गर्न समिति गठन गरेको थियो। पहिचानवादी दल र संस्थाहरुले गठनगरेको प्रदेश नं.१ पुन: नामकरण संयुक्त संघर्ष समितिले लिम्बुलाइ शहीद घोषणा गर्न माग गरेको थियो।

कोशी नामकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदम बहदुर लिम्बुको निधन भएको थियो। त्यस पछि आन्दोलनकारीसंगको छलफलबाट छानबिन समिति बनेको थियो।छलफल पछि आन्दोलनको क्रममा निधन भएका पदम बहादुर लिम्बुलाइ शहीद घोषणा गर्ने र क्षति पुर्ति उपलद्ध गराउने निर्णय भएको छ। नामाकरण सम्बन्धी आन्दोलनलाइ प्रदेशसँग वार्ता गरेर अघि बढ्न त्यहाबाट सहजीकरण गर्ने कुरा भएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *