Home  
Janahit Voice

खाना खाँदा गरिने गल्तीहरु

२४ चैत्र २०७९, शुक्रबार

कस्तो खाने भन्ने कुरा जति महत्वपूर्ण त उत्ति नै कसरी खाने भन्ने पनि । हाम्रो खाने आनीबानीले पनि स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको हुन्छ । सुन्दा त सामान्य लाग्छ, तर खाना खाने उपयुक्त शैली हामी अपनाइरहेका हुँदैनौं । यसले हाम्रो पाचन यन्त्रदेखि सम्पूर्ण शरीरको कार्यसञ्चालनमा नै असर गरिरहेको हुन्छ । किनभने खाना नै स्वस्थ जीवनको स्रोत हो ।

भोक नलागी खाने बानी

प्रायः हामी भोक नलाग्दै खाना खाइदिन्छौं । अर्थात् टेबल अघिल्तिर खाना आइपुग्दा पनि हामीलाई खाने रुचिजागिसकेको हुँदैन । यसले के गर्छ त ?
आँखा चिम्लेर एकपटक सोच्नुहोस् त, तपाईं खाना खाँदा के के गर्नुहुन्छ  कसरी खानुहुन्छ ?

सम्भवतः खाना खाँदा मोबाइल चलाउनुहुन्छ, टीभी हेर्नुहुन्छ, गफ गर्नुहुन्छ । कहिले हतारमा खानुहुन्छ, कहिले जबरजस्ती । कहिले भोक नलाग्दै खानुहुन्छ, कहिले चाहिनेभन्दा बढी खाइदिनुहुन्छ । यस्ता हाम्रा थुप्रै आनीबानी छन्, जसले खानपानमा हामी कति लापरवाही छौं भन्ने देखाउँछ ।

एउटा भनाइ छ, जति मान्छे खाना नपाएर मर्छन् त्यो भन्दा बढी खान नजानेर । आज भोकमरीले जति मान्छेलाई सताएका छन् त्योभन्दा बढी खराब खानपानले पिरोलिएका छन् । खराब खानपानकै कारण मधुमेह, उच्च रक्तचापदेखि क्यान्सरसम्मका जोखिम बढेको चिकित्सकहरु बताउने गर्छन् ।
कुनै पनि खानेकुरा खानका लागि हामीलाई भोक अनुभूत हुनुपर्छ । खानाप्रति रुचि जागेको हुनुपर्छ । जब हामीलाई खानामा रुचि जाग्छ, तब शरीरमा केही यस्ता रसायन उत्पादन हुन्छन् जसले पचाउनमा सहयोग गर्छ । शरीर विज्ञान र पाचन प्रक्रियाका यो निकै महत्वपूर्ण पक्ष हो ।

अब प्रश्न उठ्न सक्छ, त्यसो भए भोक नै जागेन भने ?

भोक जाग्नुको अर्थ खानाप्रति रुचि जगाउनु पनि हो । यसका लागि त अनेक तरिका हुन सक्छ । खानेकुरालाई स्वादिलो देखाएर, बास्नादार बनाएर पनि खानाप्रति रुचि जगाउन सकिन्छ ।खानुअघि वा खाना खाइरहँदा पानी पिउने

अधिकांशको बानी खाना खानुअघि वा खाना खानेक्रममा पानी पिउने हुन्छ । पानी पिउने बित्तिकै खाना खाँदा वा खाँदै पानी खाने बानीले पाचन प्रक्रियालाई असर गर्छ । पानीको दबाबले खानेकुरालाई राम्रोसँग पच्न नदिई सिधै मलद्वारतर्फ धकेल्छ ।

फलस्वरूप ग्यास, पेट दुख्ने जस्ता समस्या सुरु हुन्छ । खानासँगै पानी पिउँदा खानामा रहेको पोषक तत्व पानीमा घुल्छ र पिसाबसँगै बाहिर निस्किदा शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुँदैन ।

रिस र तनाव वा कुनै कुराको त्रासमा हुँदा खाना खानु उचित मानिंदैन । किनभने खाना खाइरहँदा उक्त खानामा रुचि हुनुपर्छ र त्यसको स्वाद अनुभूत गर्नुपर्छ भनिन्छ । तर तनावमा वा रिसाएको स्थितिमा हामीले के खाइरहेका छौं भन्ने पनि हेक्का हुँदैन । यसले अनावश्यक तौल बढ्नेदेखि दीर्घरोग लाग्ने खतरा बढाइदिन्छ ।

राम्ररी नचपाउने

पाचनप्रक्रियाको सुरुवात नै मुखमा दाँतहरुले राम्रोसँग खानेकुरा चपाएर सुरु हुन्छ । खाना चपाउँदा त्यो सानो टुक्रा हुन्छ । जब र्‍याल यी साना टुक्राहरूसँग मिसिन्छ, थप प्रसोधनको लागि पेटमा जान्छ ।भागदौडले हिजोआज खाना नचपाइ छिटो निल्ने बानी धेरेको हुन्छ । खानेकुरा पर्याप्त मात्रामा नचपाइ निल्दा पाचन प्रणाली भ्रमित हुन्छ र शरीरले खानालाई टुक्राउन आवश्यक पर्ने इन्जाइम उत्पादन गर्दैन ।

फलस्वरूप खानेकुराको राम्रोसँग स्वाद लिन सकिंदैन र खानेकुरा राम्रोसँग टुक्रिंदैन । जसले आन्द्रामा जीवाणु उत्पन्न हुने, पेट दुख्ने, कब्जियत हुने जस्ता समस्या हुन्छ ।

हतारमा खानेअहिलेको दौडधुपको समयमा मानिस यति व्यस्त हुन्छन् किनकि खाना खान पनि समय हुँदैन । यतिसम्म कि आरामले खाने फुर्सदसम्म हुँदैन । एक–दुई दिन हतारमा खाने गर्दा त्यो बानीको रुपमा विकास हुन पुग्छ, जसले पाचन प्रणालीलाई नै असर पार्छ ।

हतारमा खाँदा मस्तिष्क र पेटको सम्बन्ध विकास हुँदैन । पाचन रसहरु पनि कम उत्पादन हुन्छन्, जसले राम्रोसँग पच्न पाउँदैन । खाना बिस्तारै खाँदा हाम्रो पाचन प्रणाली र मस्तिष्कका हार्मोनबीच सही सम्बन्ध स्थापित हुन्छ र मस्तिष्कले हामीले कति खानेकुरा खाने नखाने भन्ने संकेत दिन्छ । आन्द्राले पनि खाना पचाउन सजिलो हुन्छ ।खानामा ध्यान नदिने

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *