Home  
Janahit Voice

ब्याटमिन्टन:शरीरको सम्पुर्ण व्यायाम

२४ चैत्र २०७९, शुक्रबार

शारीरिक तन्दुरुस्तीका लागि सर्वप्रिय खेल हो, ब्याडमिन्टन । खेल्दा रमाइलो हुने, शारीरिक व्यायाम पनि । त्यसैले त व्यावसायिक हिसाबले मात्र होइन, व्यायामका लागि खेल्नेहरु पनि उत्तिकै छन् ।
उनीहरुले ब्याडमिन्टन खेल्नुअघि वार्मअप गर्नुपर्ने हुन्छ । यसका लागि सुरुमा हल्का दौडिने, त्यसपछि फेरि तीव्र गतिमा दौडिने, फुटवर्क गर्ने र पुसअप गर्नुपर्छ । यसरी सिलसिलाबद्ध ढंगले तयार भएपछि बल्ल कोर्टमा प्रवेश गरिन्छ ।

शरीरलाई चुस्त, फूर्तिलो र लचिलो राख्न कतिपय ब्याडमिन्टन खेल्ने गर्छन् । बिहानको एकाध समय ब्याडमिन्टन खेलेपछि ज्यान फूर्तिलो भएको पनि अनुभव हुन्छ । तर के ब्याडमिन्टन खेलेपछि शरीरको सम्पूर्ण व्यायाम पूर्ण हुन्छ ? यसका अतिरिक्त अरु व्यायाम गर्नु जरुरी हुन्छ कि हुँदैन ?
ब्याडमिन्टन खेल्दा हातखुट्टा, कम्मर, जोर्नी, मांसपेशी, हड्डीलगायत सबै व्यायाम भएको हुन्छ । ब्याडमिन्टन खेल्दा कर्क जता गयो शरीर त्यतै लैजानुपर्ने हुन्छ । हातखुट्टा दायाँ बायाँ तल माथि, उफ्रिने भएका कारण यो खेलले नदेखिने गरी व्यायाम भइरहेको देखिन्छ । खासगरी व्यावसायिक खेलाडीले ब्याडमिन्टन खेल्दा शरीरको सम्पूर्ण अंग राम्ररी चलायमान भइरहेको हुन्छ ।

खेलाडीले ब्याडमिन्टन दिनमा ५–६ घण्टा खेल्ने गर्छन् । यत्तिका अवधि खेलेपछि उनीहरुले अरु कुनै व्यायाम नगर्दानी हुन्छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *