Home  
Janahit Voice

महानगरको डोजरलाइ गैरीगाउँ सुकुमबासी बस्तीका वासिन्दाले बाटो छेके

२४ चैत्र २०७९, शुक्रबार

काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेकेको छ ।

महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्बासी बस्तीका वासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेको हो ।महानगरपालिकाको टोलीले डोजर अगाडि बढाउन सकेको छैन । बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्बासी बस्तीका युवासहितको ठूलो भिड जम्मा भएको छ ।

सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।   महानगर प्रहरीले नदि किनारको अव्यवस्थित  बस्ती हटाउन भन्दै सूचना निकालेकोमा गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *