Home  
Janahit Voice

आज बाट सिंहदरबारको फोहर न उठने, मेयर बालेनको स्ट्याटस

२५ चैत्र २०७९, शनिबार

चैत्र २५, २०७९, काठमाण्डौं

प्रशंसा एंव बिरोध दुबैको सामना गर्दै आएका काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साहले आज बाट सिंहदरवारको फोहर न उठ्ने जानकारी आफ्नो आधिकारीक फेसबुक पेजको स्ट्याट्स द्वारा दिएका छन।

गैरीगांउ स्थित सुकुम्बासी बस्तीमा शुक्रबार डोजर चलाउन खोज्दा राज्यपक्षको उदासिनता देखेर मेयर साहले आज देखि सिहंदरवारको फोहरको व्यबस्थापन गर्न सहयोग नगर्ने संकेत गरेका हुन।

“मेयरसापको आधिकारीक फेसबुक पेजमा नै स्ट्याट्स पोष्ट भए पछि सोहि अनुरुप बुझ्नु आवश्यक हुन्छ” भन्दै काठमाडौं महानगरका वातावरण विभागका प्रमुख रविमान श्रेष्ठले थप प्रतिक्रिया दिन मानेनन

साह लेख्छन-“आज बाट सिंहदरबारको फोहोर उठ्दैन। साच्चिंकै देश सफा गर्नु परे, त्यांहाका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ”

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *