Home  
Janahit Voice

प्रकाश सपुत: जातीय विभेदविरुद्दको बर्ष २०८०

२७ चैत्र २०७९, सोमबार

चैत्र २७, २०७९, काठमाण्डौं

गायक प्रकाश सपुतले २०८० साललाई जातीय विभेदविरुद्धको वर्ष बनाउने भएका छन् । जसकारण २०७९ सालभित्रै नयाँ गीत ‘सकम्बरी’ रिलिज गर्न लागेको उनको भनाइ छ । आगामी वर्ष आउने आफ्ना सिर्जनाहरु जातीय विभेदविरुद्ध हुने उनले उल्लेख गरेका छन् ।

फेसबुकमा प्रकाश लेख्छन्, ‘अलि हतार गरेर यो गीत यही वर्ष २०७९ भित्रै प्रकाशन गर्दैछु । किनकि अर्को वर्ष २०८० लाई आफ्ना सिर्जनामा ‘जातीय विभेदविरुद्धको वर्ष’ भनेर गर्ने सोच बनाएको छु । केही सिर्जना जातीय विभेदविरुद्ध आउनेछन् । मलाई विश्वास छ जसरी अघिल्ला सिर्जनामा नजानिंदो गरी देखाइएका सामाजिक विषयलाई गम्भीर रुपमा लिनुभएको छ । यसरी नै आगामी सिर्जनाका विषयलाई पनि साझा मुद्दाको रुपमा लिनुहुनेछ । मनन गर्नुहुनेछ । चाहे जति नै निरुत्साहित गरियोस् वयवसायिक हिसाबले मनोरन्जन प्रदान गर्ने र जिम्मेवार नागरिका हिसाबले सामाजिक विषयमा आवाज उठाउने प्रयासमा कमी आउनेछैन ।’

। उनले यसअघि पनि सामाजिक र राजनीतिक विषयमा गीतहरु सार्वजनिक गर्दै आएका छन् । प्रकाश यतिबेला हिमालय लोकस्टारको होस्टको रुपमा व्यस्त छन् । उनी अभिनित फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शन हुने तयारीमा छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *