Home  
Janahit Voice

बैंकका कर्मचारीले आफ्नै सहकर्मीलाइ गोली हाने,५ मृत्यु ८ घाइते

२८ चैत्र २०७९, मंगलवार

 

चैत २७,२०७९, कठमाण्डौ

अमेरिकाको केन्टकी राज्यमा एक जना बैंकका कर्मचारीले गोली हानेर पाँच जना सहकर्मीको हत्या गरेका छन्।
स्टर्जनले गोली हानेको दृश्य आफ्नो सामाजिक सञ्जालबाट लाइभ गरेका थिए।

अमेरिकामा कानुनी रूपमै बन्दुक किन्न र राख्न पाइन्छ। बन्दुक सबैका पहुँचमा हुने भएकाले बेलाबेलामा गोली काण्डका घटनाहरू भइरहन्छन्।

द न्युयोर्क टाइम्सका अनुसार लुइभिल सहरको ओल्ड नेशनल बैंकका कर्मचारीले सहकर्मीमाथि सोमबार राइफलले गोली हानेका हुन्।

गोली लागेर बैंकका बरिष्ठ उपाध्यक्षको पनि मृत्यु भएको छ।घाइते भएका ८ जनामध्ये दुईको अवस्था गम्भीर छ।

गोली हान्ने कर्मचारी कोनर स्टर्जनको पनि मृत्यु भएको छ। उनले आफैंलाई गोली हानेका हुन् कि प्रहरीको गोली लागेर मारिएका हुनभन्ने खुलेको छैन।

२५ वर्षका स्टर्जन गत वर्षमात्र उक्त बैंकमा पूर्णकालीन कर्मचारी नियुक्त भएका थिए। त्यसअघि उनले बैंकमा इन्टर्नसिप गरेका थिए।

सहकर्मीमाथि उनले किन गोली हाने भन्ने कारण खुलिसकेको छैन। स्रोतलाई उद्धृत गर्दै सिएनएनले स्टर्जनलाई जागिरबाट निकालिएको सूचना दिएको उल्लेख गरेको छ।स्टर्जनले गोली हानेको दृश्य आफ्नो सामाजिक सञ्जालबाट लाइभ गरेका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *