Home  
Janahit Voice

धेरै मसलेदार खानेकुराले पेटमा आउने समस्याहरु

२८ चैत्र २०७९, मंगलवार

चैत २६,२०६९ काठमण्डौ

एउटा कुरा निकै विरोधाभास छ, आयुर्वेद भन्छ हाम्रो भान्सामा हुने मरमसला आफैंमा औषधीय गुणले भरिपूर्ण छ । चिकित्सक भन्छन्- मसालेदार खानेकुराले रोग लाग्छ । खासमा किन यस्तो ?

 

भान्सामा पाउने मसला भन्नाले जिरा, धनियाँ, मरिच, बेसार, खुर्सानी, अदुवा, लसुन आदि । हामीले लामो समयदेखि हाम्रो खानेकुरामा यसको प्रयोग गर्दै आएका छौं । जसले खानेकुराको स्वाद बढाउनुका साथै स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ भनेको हामीले आयुर्वेदमा धेरै सुनेका छौं ।

तर यी मसला प्रयोग गर्ने पनि मात्रा हुने र सही मात्रामा प्रयोग गरे मात्र लाभदायक हुने पेट तथा कलेजोरोग विशेषज्ञ प्रा. डा. विधाननिधि पौडेल बताउँछन् । ‘सीमित मात्रामा प्रयोग गर्दा यस्ता मसलाले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । शरीरमा तातोपन बढाउने, र स्फूर्ति ल्याउने काम गर्छ ।’

धेरै मात्रामा प्रयोग गर्दा भने यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ । हामीले खाएको अत्यधिक मसालेदार खानेकुरा खाना नली हुँदै आमाशयमा जान्छ र सबैभन्दा पहिले पेट पोल्न थाल्छ र खाना पच्न नै गाह्रो हुन्छ । मसालेदार खानेकुराको धेरै सेवनले आन्द्रा तथा आमाशय बिस्तारै सुन्निएर ग्यास्ट्रिकको समस्या र पेटमा घाउ नै पनिहुन सक्छ ।’ उनी भन्छन्, ‘त्यसैले अदुवा, लसुन, जिरा, धनियाँ लगायत मसलाको प्रयोग ठिक्क मात्रामा मात्र गर्नुपर्छ ।’

डा. पौडेल भन्छन्, ‘मसला मात्र होइन, धेरै पिरो र नुनिलो खानेकुरा पनि पेटको लागि हानिकारक हुन्छ । यसले पनि ग्यास्ट्रिकको समस्या बढाउँछ ।’

अहिले पछिल्लो समय हाम्रो खानपान शैली एकदमै धेरै परिवर्तन भएको छ, हामी स्वस्थ हुनको लागि भन्दा पनि स्वादको लागि खाना खान्छौं । जंकफुड, प्याकेट फुड, धेरै पिरो मसालेदार खानेकुराले पेटसँगै कलेजोसम्बन्धी समस्या पनि निम्तिन्छ । यस्तो खानपानले ग्यास्ट्रिकको समस्यासँगै कलेजोमा फ्याटी लिभरको समस्या पनिनिम्ताएको पौडेल बताउँछन् ।

‘खाना खाएपछि अघाउने सेन्टर हाम्रो दिमागमा हुन्छ । जंकफुड र प्याकेट फुड जस्ता खानेकुरामा नुन, मसला, चिल्लोको मात्रा बढी हुन्छ । यस्ता खानाले त्यो सेन्टरलाई नै सुस्त बनाइदिन्छ । जसले गर्दा जति खाना खाए पनि अघाएको थाहा नै हुँदैन र खाइरहन मन लाग्ने हुन्छ,’ डा. पौडेल भन्छन्, ‘यसो हुँदा मोटोपन बढ्छ । खाएको खानेकुराराम्ररी पच्दैन र कलेजोमा गएर जम्मा हुन्छ । जसले कलेजोका कोषिकाहरुलाई नष्ट गरेर लिभर सिरोसिस हुन सक्छ ।’

धेरैको खानपानमा मद्यपान पनि समावेश हुन्छ । जसको कारण अल्कोहलिक फ्याटी लिभरको समस्या निम्तिएको छ । मद्यपानले सिधै कलेजो, प्याङक्रियाज र ठूलो आन्द्रालाई पनि खराब गर्छ र पाचन शक्तिलाई कमजोर बनाइदिने पौडेलले बताए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *