Home  
Janahit Voice

नयाँ बर्षदेखि माओवादी केन्द्रका मन्त्रीहरुलाइ भेट्न सिंहदरबार धाउनु नपर्ने

२९ चैत्र २०७९, बुधबार

नया वर्ष देखि मन्त्री भेट्न सिंहदरबार जानु नपर्ने भएको छ । नयाँ बर्षदेखि मावोबादि केन्द्र का मन्त्री हरुलाइ भेट्न पेरिसडाँडा जानु पर्ने भएको छ। आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसग माओबादी कार्यलय पेरिसडँडामै भेट्न पाउने ब्यवस्था गर्न लागेको हो। जानकारिमा आएअनुसार वैशाख १ गते देखि मावोबदी मन्त्रीहरुलाइ पार्टी कार्यलय पेरीसडाँडामानै भेट गर्न व्यवस्था मिलाउन लागिएको बताइएको छ।

पार्टीका कार्यकर्ता र सर्बसाधारणलाइ जनता सबैले हप्तामा एक दिन दिउँसो ४ बजे देखि ६ बजेसम केन्द्रिय कार्यलय पेरिदडाँडामा नै भेट्ने ब्यवस्था मिलाइने भएको छ। कार्यलय समयमा मन्त्रीलाइ काममा डिस्टब नहोस र सरकारकै काममा मन्त्रीहरुले ध्यान दिउन भनेर दिउसो ४ बजेदेखि पछिको समय पार्टी कार्यलयमा भेटघाटको लागि दिने गरि व्यबस्थित बनाउन लागिएको जनाइएको छ।

कार्यकाल समयमा मन्त्रालय र क्वाटरमा मन्त्रीहरुसग भेट्नेहरुको भिडभाड हुन थालेपछि त्यसलाइ ब्यबस्थित गर्नुपर्ने भनेर माओवादी पदाधिकारी बैठकमा छलफल भएको थियो। तेहि छलफलको आधारमा मन्त्रीहरुसँ
ग सबैले सजिलै भेट्न पाउन भनेर कार्यलयमै मन्त्रीलाइ भेट्ने ब्यबस्था मिलाउन लागिएको जनाइएको छ।

पार्टी केन्द्रिय कायलय पेरिसडाँडामा भेटघाट ब्यबस्थित होस भनेर हेल्प डेक्स स्थापना गर्ने तयारी भएको छ। हेल्प डेक्समा खटिने कर्मचारीले कुन मन्त्रीलाइ भेट्ने के को लागि भेट्ने, भेट्नुको कारण के हो त्यसको सबै बिवरण टिपाएर मात्र भेट्न पाउने ब्यबस्था मिलाउने भएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *