Home  
Janahit Voice

वसन्त ऋतुको आरोहण सिजनको शुरुवातमै सगरमाथामा मानवीय क्षेत्ति

२९ चैत्र २०७९, बुधबार

चैत २८, २०७९ काठमाण्डौ

तिन जना शेर्पाको सगरमाथा आरोहणको क्रममा हिउँमा पुरीएर मृत्यु भएको छ। खुम्बु आइसफल भत्किएर हिम पहीरो जादा क्याम्प १ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङल्यामु गाउँपालिका ५ का तिन शेर्पाको मृत्यु भएको हो।

हिमपहिरोमा परि मृत्यु हुनेहरुमा खुम्बु पासाङल्यामु गाउँपालिक ५ हेसेका ३२ वर्षीय तेम्बा तेन्जि शेर्पा, २२ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय दा छिरि शेर्पा रहेका छन।

विहान आएको पहिरोको कारन मृतकको शव खोचमा पुरिएको र शव निकाल्नकालागि हेलिकोप्टर पठाउने तयारी भईरहेको जनाइएको छ ।घट्ना निकै कोचमा भएकाले प्रहरी टोलिले उद्दार गर्न सकिरहेको छैन। उनीहरु सगरमाथा हिमालको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउन प्रयोग हुने सामाग्रीहरु ओसार्ने जिम्मेवारीमा थिए। जानकारिमा आएअनुसार विहान ९:३० वजे भएको यो घटनामा उनीहरुको खोजिको लागि तीन पटक सिम्रिक एयरको हेलिकोप्टर प्रयोग गरिएको थियो।

२४ वटा आरोहण दललाइ यसपटक बिभागले सगरमाथा आरोहणका लागि सोमवार सम्म अनुमती दिइसकेको छ। २ सय ४३ जनामा ४१ महिला रहेका छन। सोमवार बिभागले २१ वटा हिमालका लागि ६६ वटा आरोहण दललाइ अनुमति जारी गरिसकेको छ जसमा ५ सय ५९ जना छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *