Home  
Janahit Voice

कोशी अस्पताल मृगौला प्रत्यारोपण सम्झौता

३० चैत्र २०७९, बिहीबार

चैत ३०, २०६९, काठमाण्डौ
विराटनगरमा रहेको कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सन्चालन गर्नाका लागि सम्झौता भएको छ। नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय अन्त्रर्गत सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणकेन्द्र भक्तपुर र कोशी प्रदेश अन्त्रर्गत कोशी अस्पतालवीच बुधबार सम्झौता भएको हो।

सम्झौतामा कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट मेस डा. रविराज सिंह र प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ विच हस्ताक्षर समेत भएको छ। एक वर्ष भित्रमा कोशी अस्पतालका डा. सिंहले कोशी अस्पतालबाट मृगौला प्रत्यारोपण कार्य शुरु गर्ने र प्रदेश अन्तर्गतका विभिन्न अस्पतालमा डाइलाइसिस सेवा विस्तार गर्ने जस्ता कार्यमा समजदारी भएको जानकारी आएको छ।

कोशी अस्पतालले पछिल्लो समयमा स्वास्थ सेवामा सुधार गर्दै गएको र सेवा विस्तार कार्यमा थप सफलता प्राप्त गर्दै आएको छ। प्रदेश अस्पतालले अंङ प्रत्यारोपण सेवा सम्झौतापछि बिराटनगरवाट दिने तयारी गरेको देखिएको छ। अबचाही मृगौला रोगीहरुले बाहीर जानु नपर्ने विस्वास गरीएको छ।

उक्त सम्झौता बिच अस्पतालमा कार्यक्रमको लागि चाहिने जनशक्ति र तालिम अध्यापनजस्ता कुराहरु धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले व्यबस्थापन गर्ने , मस्तिक मृत्युवाट हुने अंगदान र प्रत्यारोपण लगाएतका कार्य प्रभाबकारी बनाउन कार्य योजना प्रस्तुत गर्न सहमति समेत भएको छ।

८ सैश्या रहेको कोशीमा दैनिक १५ देखि १७ जना सम्मको नियमित डाइलाइसिस हुँदै आएको छ।

नेपालमा मृगौला र कलेजो प्रत्यारोपण शुरु भैसकेको भएतापनि आवश्यकताभन्दा अति का संख्यामा प्रत्यारोपण सेवा उपलब्ध भएको बताइएको छ। मृगौला फेल भएकाहरु प्रत्यारोपण नहुदासम्म डायलायसिस सेवा समेत पाउन नसक्ने वर्तमान अवस्थामा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा थप सेवा बिस्तार गर्ने योजना बनाएको छ।

 

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *