Home  
Janahit Voice

देशभर धेरै स्थानमा डढेलो, काठमाण्डौँमा पनि बढ्यो वायु प्रदुषण

३० चैत्र २०७९, बिहीबार

काठमाण्डौँ उपत्यका लगाएत देशका धेरै ठाउँमा डढेलोको कारण बायु प्रदुषण उच्च हुन लागेको छ। उपत्यकामा पश्चिमी क्षेत्रवाट प्रदुषित हावा आउँदा उपत्यकाको मौसम खासै खुल्न सकेको छैन। देशभरका बिभिन ठाउँमा डढेलो लागेको कारण काठमाण्डौ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा वायुको प्रदुषण अत्याधिक बढेको पाइएको छ। दिउसाको समय अलि सफा देखिए पनि विहान र बेलुका भने प्रदुषण अतिनै वढेको देखिन्छ।

बायु प्रदुषणले बालबालिका,ज्यष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाइ असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। यदि निस्कनै परेको खण्डमा माक्स तथा चस्मा लगाउन र साबधानी अपनाउन आग्रह गरिएको छ।

अहिले काठमाण्डौँ लगायत बाहिरका बिभिन्न ठाउँमा हावा निकै अस्वस्थकर रहेको मौसमविदहरुले जनाएका छन। शुन्य देखि ५० सम्मको मापन सामान्य अबस्था मानिन्छ तर बुटवलमा २९२, पाटमा २३२, भक्तपुरमा २२२, किर्तिपुरमा ११९, रत्नपार्कमा १८६र हेटौडामा १७४छ। बायुको गुणस्तरको मात्रा १९१ देखि २०० सम्म पुगे मानव स्वास्थका लागि हनिकारक मानिन्छ । यसको मात्रा १०१ देखि १५० सम्म पुगे ज्यष्ठ नागरिक र वालवालिकालाइ खोकि लाग्ने र श्वास फेर्न गाह्रो हुने बताइएको छ।

अझैपनि डढेलो नियन्त्रणमा ध्यान दिएन भने प्रदुषण अझै बढ्ने र धेरै समस्या देखिने अनुमान लगाउन सकिन्छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *