Home  
Janahit Voice

कुश्मा नगरपालिका: दैनिक दश हजार फोहोरबाट आम्दानी

kushma-janahitvoice
३ बैशाख २०८०, आईतवार

बैशाख ३, २०८०, काठमाण्डौ
संघियताको कार्यन्वयनसँगै स्थापना भएका नयाँ नगर र पालिकाका तीब्र सहरीकरणसगै फोहोर ब्यबस्थापन गर्न निकै कठिन भएको छ।
यस्तो अबस्थामा पनि कतिपय पालिकाले ब्यबस्थित रुपमा विसर्जन मात्र हैन
यसबाट राम्रो आम्दनी समेत गरीरहेका छन। जसमध्य कुश्मा नगरपालिका एक पर्दछ ।
कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहोर ब्यबस्थापनबाट दैनिक दश हजार आम्दानी गर्दै आएको छ।

कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहोर व्यबस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएतापनि अहिले फोहोर बर्गिकरण गरेर व्यबस्थापन गरेको ३ बर्ष भईसकेको छ। कुश्माले नगरभित्रको फोहोरलाइ कुहिने र नकुहिनेलाइ बेग्लाबेग्लै राखेर व्यबस्थापन गरी दुई बर्षदेखि फोहोरबाट मनग्ये आम्दानी लिन थालेको छ।

कुश्मा नगरपालिकाले जग्गा खोज्ने क्रममा निकै सङघर्षका साथ विं.सं. २०७६ फागुनमा मध्यपहाडी लोकमार्गको छमकेबाट पाँच सय मिटर तल जङगलभित्रको खाली जग्गा फेला पारेको थियो। पालिकाले १० बर्षका लागि लक्ष्मीनारायण गुठी तथा अन्य ४ व्यक्ति सग भाडामा लिएर फोहोर ब्यबस्थापन शुरु गरेको बताइएको छ। उक्त जग्गा ३२ रोपनि रहेको छ।

सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र ९ सेक्रेट नेपाल ० सँगको साझेदारीमा पाचँ वर्ष सम्झौतागरी फोहोरको ब्यबस्थापन भैरहेको हो । नगरपालिकाको वडा नं ४,५,६,७,८ र ९ वडाभित्रको फोहोर संकलन गरी व्यबस्थापन शुरु गरेको छ। वाग्लुङ सडक र वडागाउँको डिलबाट फोहोर बिसर्जन गर्दा स्थानिय र सरकारवालाले विरोध गरेपछी नगरपालिकाले विकल्प खोजेको हो। त्यसरी फालेको फोहोर कालीगण्डकीमा मिसिने र त्यसले वाताबरणमा गम्भिर असर पर्ने गरेको जनाउदै पुरनावेदन अदालत बागलुङमा रिट निवेदन परेपछी जग्गा भाडामै लिएर व्यबस्थापन गरिदै आएको थियो त्यसपछि भने आम्दानी समेत हुन थालेको पालिकाले जनाएको छ।

कुहिने फोहोरलाइ खाडलमा थुपारेर कम्पोस्ट मलको रुपमा बिक्री भईरहेको छ। कुहिने भन्दा नकुहिने फोहोरबाट राम्रो आम्दानी भईरहेको जनाइएको छ। त्यसमा वर्गीकरण शुरु भएपछी दैनिक १० हजार सम्म आम्दानी भईरहेको जनाइएको छ। फोहोर ब्यबस्थापनको लागि नगरपालिकाले आवश्यक पुर्बाधार र गाडीको व्यबस्था गरेको छ। फोहोर ब्यबस्थापन शुरु भएपछी कुश्माबजार सफा भएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *