Home  
Janahit Voice

मानव शरीरमा सातुको महत्व

३ बैशाख २०८०, आईतवार

बैशाख ३, २०८०, काठमाण्डौ
सातु भन्ने शब्द नसुन्ने र नखाने मान्छे कम नै होलान र धेरै नेपालीहरुलाइ सातु नौलो खानेकुरापनि हैन । यसले शरीरलाइ स्वफुर्त राख्नुका साथै धेरै बेरसम्म भोक मेटाउने काम पनि गर्छ। त्यसैले पहिला पहिलाका बुढापाकाहरुले मेलापात गर्न जादा खाजाको रुपमा लिएर जाने गर्दथे ।

 

जौ र मकैबाट बनाइने सातुमा उच्च कार्बोहाइड्रेट, फाइबर, सूक्ष्म पोषक तत्व, आइरन, म्याग्नेसियम, सोडियम र प्रोटिन पाइन्छ । क्यालोरीको मात्रा कम रहनु यसको अर्को विशेषता हो ।जौ र मकैबाहे चना, गहुँको पनि सातु नेपालमा खाने चलन छ । त्यस्तै, चामल, भटमास, जौ, मकै, चना, गहु भुटेर मिसाएर पनि सातु बनाइन्छ । यी सबै अन्न मिश्रित सातु बजारमा सर्वोत्तम सातुको रुपमा परिचित छ । सर्वोत्तम सातुमा धेरै अन्नको गुण पाइन्छ, जसले धेरै किसिमको पोषक तत्व शरीरले प्राप्त गर्न सक्छ ।

सातु खानुका फाइदा-यसमा पाइने फाइबरले शरीरको ठूलो आन्द्रा र सानो आन्द्रामा रहेका अनावश्यक तत्वलाई मलद्वारमार्फत निकाल्न मद्दत गर्छ ।

-उच्च पोषण तत्व पाइने सातु शरीरमा लामो समयसम्म बसिरहन्छ, जुन ग्लुकोजको रुपमा परिणत हुन्छ  सातु पच्न केही समय लाग्ने हुँदा खाएपछि छिटो भोक लाग्दैन ।

-शरीरमा अत्यधिक तागत दिने हुँदा सबै किसिममा रोगका लागि फाइदाजनक मानिन्छ ।

-यसले गर्मीमा शीतलता प्रदान गर्छ ।

-रक्त कोषिकाहरुलाई सन्तुलित र सक्रिय राख्छ, जसबाट रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

-शरीरको मेटाबोलिजम प्रक्रियालाई सन्तुलित बनाउँछ र तौल नियन्त्रण गर्छ ।

-सातुको नियमित सेवनले मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, मुटुसम्बन्धी रोग तथा कलेजोमा हुने समस्याबाट पनि बच्न मद्दत गर्छ ।

सातु खाने तरिका

सातुलाई धेरै किसिमले खाने गरिन्छ । जसरी खाए पनि यसबाट पाउने पोषण तत्व भने शरीरले पाउन सक्छ फुक्का धुलो सातु चिनीसँग मिसाएर पनि खान सकिन्छ ।

त्यस्तै, गर्मीयाममा विशेषगरी पानीमा चनाको सातु मिसाएर केही कागतीको रस हालेर खाने गरिन्छ । अर्को तरिका भनेको सातुमा दूध वा दहीसँग केरा हालेर मिसाएर खान सकिन्छ । कसैले नुनिलो तरकारीसँग वा सातुमा नुन वा बीरेनुन र कागती मिसाएर पनि खाने गरेका छन् ।

अन्न आफैंमा गह्रुंगो हुने भएकाले रातको समयमा खानु राम्रो हुँदैन । त्यसैले पच्न सजिलो हुने र दिनभर शरीरमा ऊर्जा पनि प्राप्त हुने भएकाले बिहान र दिउँसो खान सकिन्छ । दैनिक ठूलो चम्चाको तीन चम्चा सातु खानु उपयुक्त हुन्छ । त्यस्तै, बालबालिकाको लागि दुई चम्चा जति पानी वा दूधमा मिसाएर बिहान खुवाउन सकिन्छ ।

(पोषणविदसँगको कुराकानी)

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *