Home  
Janahit Voice

दन्तमञ्जन किन्दा तल चिन्ह हेरौ जीबनभरलाइ दाँत स्वस्थ्य राखौँ

३ बैशाख २०८०, आईतवार

बैशाख ३, २०८०, काठमाण्डौ
हामी सबैले दिनहुुँ दाँत माझ्छौं । मुखको स्वास्थ्य’लाई विशेष ध्यान दिने धेरैजसोले दिनको दुईपटक दाँत माझ्ने गरेका छन् । अहिले दाँत माझ्न प्रायः मञ्जन प्रयोग गरिन्छ ।

तर मञ्जनको गुण’स्तर र रंगबारे हामीमध्ये धेरैजसो अनभिज्ञ हुन सक्छौं । विशेषतः चिकित्सक’हरुले मञ्जन वा ट्युबको बाहिर उल्लेख गरिए’को रङमा ध्यान दिन सुझाव दिएका छन् ।

हामीले मञ्जन’को सबैभन्दा तल्लो भागमा राखि’एको कलर कोडबारे कहिल्यै ध्यान दिएका छौं ? छैन भने यी विषयमा जान्नैपर्ने हुन्छ ।

कालो- टुथपेष्ट ट्युबको फेदमा रहेको कलर कोडको कालो रङ्ले उक्त मञ्जनमा केमिकल मात्र मिसाइ’एको संकेत गर्छ ।

रातो -रातो रङले ट्युब’भित्रको मञ्जन प्राकृतिक र रासायनिक मिसावटबाट बनेको जनाउँछ ।

नीलो- नीलो रङको मञ्जनमा प्राकृ’तिक सामग्री र लाभदायक औषधि दुवै समा’वेश भएको अर्थ लाग्छ । यो टुथपेष्ट दाँत’सम्बन्धी कुनै पनि प्रकारको रो’ग भएका व्यक्तिको निम्ति लाभ’दायक हुने भएकाले त्यस्ताले बढी प्रयोग गर्छन् ।

हरियो- ट्युबको बाहिर पोतिए’को हरियो रङको कोडले टूथपेष्ट शुध्द प्राकृतिक स्रोत र सामग्री’बाट बनेको संकेत गर्ने चिकित्सक’हरु बताउँछन् ।

तीमध्ये कालो रङको कोड भएको मञ्जन बाल’बालिकाका लागि हानि’कारक हुने बताइन्छ । यसमा रसायनको मात्र प्रयोग हुन्छ । तर, हरियो रंगको कोड भएको मञ्जनले दाँत’लाई अरु मञ्जनको तुलनामा लाभ’दायक हुने चिकित्सक’हरुले बताएका छन् ।
– जनआश्था

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *