Home  
Janahit Voice

विद्यार्थी भर्नामा योग्यताक्रम सच्याउन सरकारसँग माग:डा. तोसिमा कार्की

३ बैशाख २०८०, आईतवार

वैशाख ३,२०८०,काठमाण्डौ

डा. तोसिमा कार्की (राश्ट्रिय स्वतन्त्र पार्टीकी सांसद)ले चिकित्साशास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छिन।
अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावना विपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरेकी हुन् ।

सरकारले बढी अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी सो तहको विद्यार्थी भर्ना अभियान अघि बढाउन उनले सरकारलाई सुझाव पनि दिइन् ।‘चिकित्सा शिक्षा आयोग पछिल्लो समयमा विचलित भएजस्तो देखिन्छ । स्नातकोत्तर तर्फको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको छ ।

विगतका वर्षहरुमा झैं कम्प्युटर बेस प्रणालीमा म्याचिङ गर्ने हो भने त्यो समस्या समाधान हुन्छ ।ऐन र नियमावलीको मर्मलाई समेटछ । र, अदालती आदेशको पनि सम्मान पुग्छ । तसर्थ, सभामुख महोदयमार्फत् म शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु-तत्कालै यो भर्ना प्रक्रिया सच्याइयोस् । र, थप क्षति हुनबाट स्वास्थ्य संयन्त्रलाई जोगाईयोस्।’”उनले भनेकी छिन।”

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *