Home  
Janahit Voice

प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीलाई

३ बैशाख २०८०, आईतवार

विराटनगर जुट मिलको खेल मैदानमा आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले जितेको छ ।

उपाधिसँगै आर्मीले १ लाख ५० हजार रुपैयाँको साथै आकर्षक ट्रफी पाएको छ । उपविजेता भएको एनबीएससीले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।

१११ रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा पुरा गर्यो । आर्मीको जितमा सन्दीप रजालीले बिस्पोटक ब्याटिङ गरे । उनले २० बलमा ३ छक्का र ५ चौका हिर्काउँदै ४६ रनको योगदान दिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए ।
यस्तै वासिर अहमद १८ बलमा २ चौका हिर्काउँदै १८ रन पारी खेल्दा सुमित श्रेष्ठले ८ बलमा अविजित १३ रन बनाए ।

बलिङमा एनबीएसीका एमडी इजार, प्रशान्त कुमार, रवि शर्मा र मयङक कुमारले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको एनबीएससीले १७ दशमलव २ बलमा सबै विकेट गुमाई ११० रनमा समिति भयो । एनबीबएससीका कुमार राजनिसले ३३ बलमा २ छक्का र ७ चौका हिर्काउँदै ५० रनको अर्धशतकीय इङनिङ खेले । अनुभव श्रीवास्तले १४ बलमा ११ रन बनाउँदा एनबीएससीका अरू ब्याटरले दोहोरो अङ्क छोएनन् । एमडीले अविजित ८ रनको योगदान दिए ।

आर्मीका विक्रम सोबको घातक बलिङ सामु एनबीएससीका खेलाडी क्रिजमा टिक्न सकेनन् । आर्मीका विक्रमले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । हरि चौहान र सुमित श्रेष्ठले समान २–२ विकेट लिए ।

प्रतियोगिताको वेस्ट ब्याटरमा एमबी ग्रुप डडेलधुराका दीपक बोहरा घोषित भए । यस्तै प्लेयर अफ सिरिज दिल्ली युनाइटेडका साकेत केरिया भए । उनले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाए । वेस्ट बलरमा आर्मीका जितेन्द्र मुखिया घोषित भए ।

नेपाल क्रिकेट संघका अध्यक्ष चर्तुर बहादुर चन्द, वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव विप्लव घोष, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

विराटनगर जुट मिलको खेलमैदानमा चैत २७ देखि वैशाख ३ गतेसम्म प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदूरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाईटेड गरी ८ वटा टिमको सहभागी रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *