Home  
Janahit Voice

पूर्वाधार निर्माण एवं मर्मत कार्यको मापदण्ड काठमाण्डौं महानगरपालिका द्वारा तय

४ बैशाख २०८०, सोमबार

[Image Source:CIJ]

काठमाण्डौं महानगरपालिकाले महानगरक्षेत्र भित्र घर भवन जस्ता पूर्वाधारको निर्माण मर्मत कार्य सन्चालन गर्दा अपनाउनुपर्ने मापदण्ड तय गरिएको जानकारी गोरखापत्रमा सूचना प्रकाशित गरेको छ।

सडक किनारमा घर, भवन आदि पूर्वाधारहरु निर्माण गर्दा भवन वाट निर्माण सामाग्री धुलो आदि सडकमा नखस्ने ब्यबस्था गर्नुपर्ने छ। घर भवन निर्माण गर्दा सडक पेटीमा निर्माण सामाग्री थुपारी बटुवा तथा यातायात संचालनमा अबरोध गर्न पाइने छैन । निर्माणकार्य सकभर राती ८ बजेदेखि पछिमात्र गर्ने/ गराउने अनुरोध गर्दै महानगरपालिकाले नियम उलङघन गर्ने जो कोहीलाइ पनि फोहोरमैला ब्यबस्थापन ऎन २०६८ वाताबरण संरक्षण ऎन २०७६ समेतका अधारमा रु ५ हजारदेखि ५० हजारसम्म जरिवाना गरिने सुचना प्रकाशित गरेको छ।

घर निर्माण गर्दा अपनाउनुपर्ने नियमहरु
१.सडक किनारमा निर्माण गरिने कुनैपनि भवनवाट सडकमा धुलो निर्माण सामाग्रीका टुक्रा आदि नबस्ने प्रबन्ध गर्नुपर्ने निजि भवन निर्माण गर्दा समेत सडकपेटीमा कुनै पनि प्रकारको असर नपर्नेगरी गर्नुपर्नेछ।

२. सडक पेटी क्षेत्रमा निर्माण सामाग्री खसाली सडक अबरोध वा सडक पेटीमा धुलो फोहोर राख्न वा छोड्न पाइने छैन।

३. कुनैपनि सार्वजनिक निकायले सडक, पेटी खुल्ला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा त्यस्तो क्षेत्रमा निर्माणाधिन स्थल सङकेत सहित छेकबार लाउनुपर्नेछ। जुन निकायले सो कार्य गरेको हो सो निकायले पहिचान स्पस्ट देखिने संकेत राख्नुपर्नेछ।

४. सडक वा पेटीको मर्मत वा नयाँ निर्माण गर्दा वा सडक पेटीमा केवल ढल वा पाइप राख्दा त्यस्तो स्थानवाट धुलो माटो नउड्ने वा अन्यन्त्र नजाने व्यस्था गर्नुपर्ने छ र तत्काल गर्न सम्भब नभए त्यस्तो स्थानलाइ निर्माण सामाग्री हटाउने धुलो फोहोर नहुने व्यबस्था मिलाउनुपर्नेछ ।

५. सार्बजनिक निकायले महानगर क्षेत्रभित्र संचालन गर्ने पूर्वाधार निर्माण मर्मत लगाएतका कार्य सकभर राती ८.०० बजेपछि मात्र गर्ने\ गाराउने प्रबन्ध मिलाउने ।

६.सडक पेटीमा गरीने कुनैपनि निर्माण मर्मत कार्यकालागि आबश्यक पर्ने जति सामाग्रीमात्र कायस्थलमा खसाल्ने वा राख्ने गर्नुपर्ने छ। निर्माण स्थलको घेरा वार लगाइ वा संकेत क्षेत्र निर्धारण नगरी अन्यन्त्र राखिएको कुनैपनि निर्माण सामाग्री वा उपकरण महानगरपालिकाले जुन सुकै वेला उठाइ लान सक्नेछ ।

७. सार्वजनिक निकायले सञ्चालन गर्ने कुनै पनि निर्माण मर्मत कार्य सम्पन्न नभएपस्चात त्यस्तो क्षेत्रको पूर्ण सरसफाइ गर्न दायित्व सम्वन्धित निर्माण कार्यको हुनेछ र सोको व्यवस्थापन सम्बन्धित निकाएको हुनेछ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *