Home  
Janahit Voice

सरकारले मिटर व्याजपीडितको माग समयमै सम्बोधन नगरे उनिहरुको साथमा सडक संघर्षमा जाने घोषणा : राजेन्द्र लिङ्देल

५ बैशाख २०८०, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलले मिटर ब्याज पिडित र तराइ आन्दोलनरतहरुको माग तत्काल सम्बोधन नगरे सडक संघर्षमा जाने चेतावनी सरकारलाइ दिएका छन।प्रतिनिधि सभामा मंग्गलवार आकस्मिक समय लिएर बोल्दै मिटर ब्याज पिडितको मागलाइ सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथी हिजो निर्मम ढंगले आक्रमण गरेको भन्दै निन्दा गरेका छन।

 

गरिब र निमुखा ती मानिसहरूमाथि किन आक्रमण गर्नु परेको भनी सरकारलाई अध्यक्ष लिङ्देनले प्रश्न समेत गरे ।उनले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरुमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताए ।उनले भने, ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन । कसैले पनि हेपिनु पर्दैन । राज्य अभिभावक छ भनेर राज्य अभिभावकको रुपमा उभिनुपर्नेमा न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरुलाई सरकारले हिजो जुन निर्मम ढङ्गले आक्रमण गरेको छ ।त्यसको म निन्दा र भर्त्सना गर्न चाहन्छु ।

यतिबेला ती निमुखा मानिसहरूमाथि आक्रमण भएको छ । जुन बेला यस्तो सरकार छ ।जसले समाजमा गरिबहरूको अथवासर्वहारा वर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौं भनेर सपना बाँढेको थियो । त्यो सपना बाँडने पार्टी र उसको नेतृत्वमा अहिले सरकार छ ।तर यति नै यो गरिब र निमुखामाथि राज्यले किन बर्बर आक्रमण किन भईरहेको छ ? हामी भन्न चाहन्छौंकि सरकारले मिटरब्याज पीडितहरू र अहिले तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरु जो पुनस्थापनाको काम गरिराखेका छन ।उनीहरुको मागलाई सरकारले समयमै सम्बोधन गरोस् । अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरुको साथमा सडक संघर्षमा जाने घोषणा समेत गर्न चाहन्छु ।’

 

उनले सरकारलाइ जनताको अभिभाबक नरहेको भन्दै  गुनासो ब्यक्त गरेका छन। उनीहरुको मागलाइ सरकारले सम्बोधन नगरे उनिहरुकै साथमा सडक संघर्षमा जाने घोषणा समेत गरेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *