Home  
Janahit Voice

आगामी वैशाख १९ गतेदेखि अमेजन प्राइममा रिलिज हुदै ‘१९१५ः लेजेन्ड अफ गोर्खाज’

५ बैशाख २०८०, मंगलवार

भदौमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’ टाइटलमा नेपालमा प्रदर्शन भएको फिल्म नाम परिवर्तन गर्दै ‘१९१५ः लेजेन्ड अफ गोर्खाज’ नामबाट अमेजन प्राइममार्फत पुन रिलिज हुन लागेको छ।

जानकारीमा आएअनुसार निर्माण पक्षले बेलायत, अस्ट्रेलिया, जापान, ताइवान र दक्षिण कोरियामा फिल्म रिलिजको तयारी भइरहेको जनाएको छ । अमेरिकी कम्पनी एस एन आर ले चलचित्र वितरणको जिम्मा लिएको छ। फिल्ममा प्रदीप शाहीको लेखन र निर्देशन रहेको छ। फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।

यो वार मूभि भिक्टोरिया क्रस पदक जित्ने पहिलो बेलायती गोर्खा सैनिक कुलवीर थापाको जीवनिमा आधारित छ । फिल्मको कथावस्तु १९१५ को सेप्टेम्बर २५ मा बेलायती सेनाले फ्रान्सको लुसमा गरेको आक्रमणको घटनामा केन्द्रीत रहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *