Home  
Janahit Voice

नेपालको शानदार जित प्रिमियर कपको पहिलो खेलमा

७ बैशाख २०८०, बिहीबार

नेपालले शानदार जितको सुरुवात एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा गरेको छ।कीर्तिपूर स्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले मलेसियालाइ ६ विकेटले हराएको छ।

 

३६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाए भने कुशल मल्लले बिस्फोटक ब्याटिङ गरे।

उनले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७० रन बनाए। जवाफी ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै ओपनर आशिफ शेखलाई १ रनमा गुमाएको थियो।त्यसपछि कुशल भुर्तेलले ब्याटिङलाई लयमा ल्याएका थिए। ३८ रन बनाएर भुर्तेल पेबेलियन फर्किएपछि नेपाललाई सुरूआती दबाब भएको थियो।पछि कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ब्याटिङलाई लयमा फर्काए। पौडेलले ४२ रनको योगदान गरे भने सार्कीले अर्धसतकीय पारी खेले।

वैशाख ८ मा नेपालले दोस्रो खेल ओमनसँग कीर्तिपूर स्थित त्रिवी मैदानमा खेल्ने छ। नेपलको टिममा ओमन, कतार ,अलेसिया,र साउदी अरेबिया छन। अर्को टिममा युएइ, हङकङ, कुवेद, सिङगापूर र बहराइन छन। यो समुहका शीर्ष टिम सेमिफाइनलमा पुग्ने छ्न। वैशाख १६ अते सेमिफाइनल र वैशाख १८ गते फाइनल हुनेछ। यो प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्वरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *