Home  
Janahit Voice

प्यान-भ्याट-मूल्य सूचि झैं पसलहरुमा सिसि टिभि पनि दुरुस्त राखौं! सन्दर्भ:निरु हत्या प्रकरण

७ बैशाख २०८०, बिहीबार

– राजेन्द्र धिताल, कपन

सिसी टिभि बिग्रेको कारण जनाई आज दिनदहाडैं भएको निरुको हत्त्यारा अहिले सम्म जानकारीमा आएको छैंन। कपनमा निरु, भाडां पसले साहुनीको बिभत्स तवरले चक्कु प्रहारको समाचार आईरहंदा स्थानियको भनाई अनुसार घटना आज बिहिबार दिउंसो २-३ बजे भित्र हत्याराले उक्त अपराधको परिणाम दिईएको हो। लगभग ४ बजे तिर एक जना ग्राहक उक्त भाडां पसलमा भित्र गए पश्चात पसलको काउण्टर पछाडि रगताम्य निरु लडेकी देखे पछि घटना बारे जानकारीमा आएको हो । पेटमा ६-७ पटक धारिलो हतियारको वार एंव निरुको घाटीं रेटिनुले हत्त्याराको कुण्ठाग्रस्त मनस्थिती सहजै अनुमान गर्न सकिन्छ।

निरु किचेन भाडां पसलनीको श्रीमानको २०० मि. को दुरीमा रिलायन्स कलेज नजिक अर्को पसल पनि रहेको छ। निरुकि ५ बर्षे छोरी पनि रहेकि कुरा जानकारीमा आएको छ। हत्त्याराले धनमाल लुट्नको निम्ती नभई पारिवारीक रिसईवी वा अन्य व्यक्तिगत कारणले हत्त्या गरिएको कुरा निरुको गलाको सुनको सिक्री एंव अन्य द्रब्य-नगद घटना स्थलमै यथावत रहनु बाट प्रष्ट हुन्छ।

द्रुत गतिमा थप अनुसन्धानको निमित्त काठमाडौंका एसपी सिताराम रिजालको टोली घटना क्षेत्र मै हाल सम्म परिचालित रहेका छ्न।

ईण्डियाको साउथ मूभि जस्तै नेपाल प्रहरीको हाथमा पनि जघन्य अपराध पश्चात बिग्रेको सिसि टिभी अवरोध साबित न होस थप अनुसन्धांको लागि…प्यान-भ्याट-मूल्य सूचि झैं पसलहरुमा सिसि टिभि पनि दुरुस्त राख्नु पर्ने निती नियम निर्माण प्रति नेपाल सरकारका सम्बधित निकायले कदम चाल्नु पर्ने भएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *