Home  
Janahit Voice

बिहानै पाल्पामा बस दुर्घटना

१० बैशाख २०८०, आईतवार

पाल्पामा बस दुर्घटना भएको छ। आइतबार बिहान बुटवलबाट बाग्लुङ जादै गरेको लु १ ख ६९५६    नम्बरको बस तिनाउँ गाउपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको छ।

बस दुर्घटना हुँदा १ जनाको मृत्यु र १८ जना घाइते भएका छन । घाइतेमध्ये केहीको अबस्था चिन्ताजनक रहेको छ। दुर्घटनामा घाइते भएकाहरुलाइ उद्धार गरी लुम्बिनी मेडिकल कलेजमा उपचारकालागि पठाइएको छ। मृतक महिलाको भने परिचय खुल्ल नसकेको जनाइएको छ।

 

बसमा कती यात्री थिए भन्ने एकिन नभएको र घटनास्थलमा सम्भावित घाइतेहरुको खोजी भईरहेको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *