Home  
Janahit Voice

सम्पुर्णलाइ कोरोना भाइरसको खोप लगाउन स्वस्थ्य मन्त्रालयको अनुरोध ।

११ बैशाख २०८०, सोमबार

सुमित्रा घिमिरे
फोटो सौजन्य: Health World.Com

कोरोना भाइरसको संक्रमण बड्दै गएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाइ खोप लगाउँन आग्रह गरेको छ। कोरोना भाइरसको खोप लगाउदा सङक्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो।सहप्रवक्ता डा.अधिकारीका अनुसार खोप लगाएका ब्यक्तिमा भन्दा खोप नलगाएका कोरोना भाइरसको संक्रमण भएमा सिकिस्त बिरामी हुने र ज्यान जाने सम्भावना बढी हुने बताएका छ्न।

 

खोप नलगाएका मानिसहरुमा खोप लाएका मानिसको तुलनामा संक्रमण भएपछि मृत्यु हुने सम्भावना १० गुणा बढी हुने कुरा बताएका छन। सहप्रवक्ता डा.अधिकारीले आफुलाइ पाएक पर्ने स्वास्थ्य संस्थामा गएर सङक्रमण बिरुद्दको बुस्टर डोजको खोप लगाउन आग्रह गरेका छ्न।

आइतबार ८१ सङ्क्रमित र सक्रिय सङ्क्रमित तीन सय ७० पुगेका छन् । नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको छ । शून्यमा झरेको सङ्क्रमण नेपाल र भारतको खुला सिमानाकाकारणले सङ्क्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो । अहिले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहले कोरोना भाइरसविरुद्धको खोप प्रदान गरिरहेका छन् ।

काठमाडौँमा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,नेपाल प्रहरी अस्पतालमा नियमित पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज खोप लगाइरहेका छन् ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *