Home  
Janahit Voice

चितवन क्षेत्र नं. २ मा (रास्वपाका) उम्मेदवार रबि लामिछानेको जित निश्चित

१२ बैशाख २०८०, मंगलवार

चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ। तर गणना गर्नुपर्ने मतभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले धेरै मतान्तर बनाइसकेका छन्।लामिछानेको जित निश्चित भइसकेको छ।

 

रास्वपा सभापतिसमेत रहेका उम्मेदवार लामिछानेलाई नेपाली कांग्रेसबाट चितवन २ मा उम्मेदवार रहेका जितनारायण श्रेष्ठले बधाई दिएका छन्।‘जनताले परिवर्तन खोजेको र परम्परागत दलहरू सच्चिनुपर्छ भन्ने सन्देश दिएको छ,’जितनारायणले पत्रकारहरूसँग भने,‘मैले परिणामलाई स्वीकार गरेको छु। हार स्वीकार गरेको छु। अझै म जनताका काम गर्दै अघि बढ्छु। रविजीलाई बधाई छ। म उहाँलाई बधाई दिन आएको हुँ।’

२१ हजार मत गणना गर्न बाँकी रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । अहिले कालिका नगरपालिकाको मतगणना भइरहेको छ । चितवन–२ मा पर्ने भरतपुर महानगरपालिकाका १० वटा वडाहरु र इच्छाकामना गाउँपालिकाको सम्पूर्ण मत भनेर सकिँदा लामिछानेले निकटतम प्रतिस्पर्धी भन्दा ३२ हजार ६१२ मतको फराकिलो मतान्तर कायम गरे ।
तीन पालिका रहेको चितवन–२ मा इच्छाकामना र भरतपुरमा कुल ५६ हजार ४९६ मत खसेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक जानकारी गराएको छ । जसमध्ये ५५ हजार ६२६ मत सदर भएको छ ।यी दुई पालिकाका सदर मतमध्ये लामिछानेले ४० हजार ५९ मत ल्याए । कांग्रेसका जीतनारायण श्रेष्ठको सात हजार ४५७ र एमालेका रामप्रसाद न्यौपानेको ७ हजार २६८ मत ल्याएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *