Home  
Janahit Voice

भारी मत सहित रवि लामेछाने बिजयी

१२ बैशाख २०८०, मंगलवार

आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५४१७५ मतसहित विजयी भएका छन्। तेस्तै दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११११४ मत पाएका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन्।

गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेको मत र मतान्तर बढी आएको छ।

रवि लामिछानेले राजनीतिक यात्राका क्रममा अनुभवको कमीले गर्दा आफूबाट कमीकमजोरी हुन गएको बताउदै, ‘आफूमा देखिएका ती तमाम कमजोरीहरूलाई सुधार्दै अगाडि जाने एउटा अवसर मिलेको छ । थपिएर आएको यो मतले ठूलो सन्देश दिएको छ । थपिएको मत भनेको थपिएको जिम्मेवारी हो । थपिएको जिम्मेवारीमा हामी खरो उत्रिने छौं ।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *