Home  
Janahit Voice

काठमाण्डौ महानगरपालिकाले सडकका अनाबश्यक तार १५ दिन भित्र हटाउन आग्रह

१२ बैशाख २०८०, मंगलवार

काठमाण्डौ महानगरपालिकाले सडकमा भएका अब्यबस्थित तार हटाउनका लागि सम्बन्धित कार्यलय तथा संघसंस्थालाइ १५ दिनको समय दिएको छ।

महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघसंस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार आफैँ हटाउन र आवश्यक तारलाई सङ्केत चिन्ह लगाउन निर्देशन दिएको छ ।

एक सुचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको सार्बजनिक आवागमनमा असर परेको र आगो लागि तथा अन्य दुर्घटना जोखिम सिर्जना हुन सक्ने भन्दै अनाबस्यक तार हटाउन निर्देशन दिएको छ।

अब्यस्थित तारबाट सिर्जना हुन सक्ने जोखिम घटाउने बिषय प्रति महानगरपालिकाले बिभिन्न समयमा सरोकारवाला निकाए तथा अधिकारीसग बैठक बसेर व्यबस्थापनका लागि अनुरोध गरेको जनाएको छ । पटक पटक पत्र पठाएर ताकेता गर्दा पनि काम नभएको महानगरपालिकाको भनाइ रहेको छ।

महानगरले १५ दिन भित्रमा तार नहटाए महानगर आफैले हटाउने कुरा सुचनामा उल्लेख गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *