Home  
Janahit Voice

टीआरसी विधेयक अघि बढाउन विशेष समितिको प्रस्ताव सहित आज प्रतिनिधि सभा बैठक बस्दै

१३ बैशाख २०८०, बुधबार

आज दिउँसो तीन बजे प्रतिनिधि सभा बैठक बस्दैछ, टीआरसी विधेयक अघि बढाउन विशेष समिति बनाइँदै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउन संसदीय विशेष समिति गठन गर्नेछ ।

 

सम्भावित कार्यसूची अनुसार नेपाली कंग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।विशेष समितिमा रहने सांसदहरुको नामसहितको प्रस्तावमा एमालेका सांसद रघुजी पन्तले समर्थन जनाउनेछन् ।

विशेष समितिमा रहने सांसदहरूको नामबैठकअघि दलहरूले छलफल गरी सांसदहरूको नाम टुंगो लगाउने बताएका छन् ।यसअघि सरकारले यो विधेयकलाई फास्ट ट्रयाकमा पारित गराउन चाहेको थियो ।तर, प्रमुख विपक्षी एमालेले संसदीय समितिमै छलफलमा लैजानुपर्ने अडान लिएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *